राष्ट्र बैंकले आज पनि बैंकहरुबाट २५ अर्ब रुपियाँ तान्दै

Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट २५ अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप संकलन गर्न लागेको हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । 

Advertisement

बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।

बैंकहरुमा अझै पनि अधिक तरलताको समस्या छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन मार्फत बैंकहरुको पैसा तान्दै आएको छ ।

आजको बोलकबोलमाबैंकहरुले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

२१ दिन अर्थात् आगामी असोज २३ गते बैंकहरुलाई सावाँ र व्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुदाँ अहिले बैंकहरुमा पैसा थुपिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित बिकल्प हुने देखिन्छ । 

Advertisement