सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो भने चाँदी प्रतितोला २० रुपियाँ घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६ सय र तेजाबी सुन प्रतितोलो १ लाख ४५ हजार ९ सयमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement