काठमाडौंमा पानीको ‘एमआरपी’ निर्धारण, बोतलको रु. १६, जारको रु. ४७ भन्दा लिन नपाइने

Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको अधिकतम् खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ । खाने पानी उत्पादक कम्पनी र बिक्रेताहरुले आफूखुशी मूल्य राख्ने र उपभोक्तासँग मनलाग्दी रकम लिने गरेको पाइएपछि यस्तो मूल्य निर्धारण गरिएको हो ।  

नयाँ अधिकतम बिक्री मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पानीको एक लिटरको बोतल बिक्री गर्दा १६ रुपियाँ र २० लिटरको जार बिक्री गर्दा ४७ रुपियाँभन्दा बढी लिन पाइने छैन् । उस्तै प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाएर बिक्री–वितरण हुने गरेको छ । पानी उत्पादकहरुले होटल र रेस्टुरेन्ट तथा व्यवसायिक फर्मसँग सम्झौता गरेर धेरै एमआरपी राख्ने गरेको विभागको भनाई छ । 

Advertisement

तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने पनि विभागले स्पष्ट पारेको छ । 

Advertisement