खराबी, उन्माद, आक्रोस र दम्भको मार्ग छाडौंः प्रम ओली

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् । 

ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन)सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा आइतबार उनले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया  र परोपकारभाव धेरै आवश्यक भएकाले बुद्धका शिक्षाहरु थप सामयिक भएको बताए । 

Advertisement

प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका थिए । 

खराबी, उन्माद, आक्रोस र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवनीयता र आत्मियभाव देखाउन सकिए विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, “आज विश्वमा मानवीय उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति मच्चिएको छ । आफ्नो जिद्धीका लागि निर्दोष मान्छेमाथि पनि कस्ले कतिबेला कहाँ सशस्त्र हतियार प्रहार र प्रतिप्रहार गर्ने हो भन्ने खालको भय पैदा भएको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’’ 

ओलीले परस्पर बेमेल र अशान्ति गर्ने प्रवृत्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा राखे । 

Advertisement