पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने र त्यसपछि समाजवादमा जान सम्भव छैनः श्रेष्ठ

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको जिकिर गरेका छन् । 

बिहीवार राजधानीमा आयोजित एक विषयक गोष्ठीमा उनले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताए । पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको श्रेष्ठको तर्क छ । 

Advertisement

समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताउँदै उनले भने, ‘नेपालको सन्दर्भमा कुराकानी गर्दा यहाँ प्रश्न उठेको छ । नेपालमा कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मुलभुत रुपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरु कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रुपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ ।’

श्रेष्ठले भने, ‘राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त ? भन्ने कुरा छ । एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन । राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभइकन बन्दै बन्दैन । समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा फड्कोमा पुग्नुपर्छ ।’ 

उनले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताए । 

Advertisement