विद्युत् बिक्री बढेपछि अपि पावरको नाफा ९३२ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । अपि पावर कम्पनीको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बढेको छ । 

कम्पनीले समीक्षा अवधिमा ४५ करोड ६५ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ४ करोड ४२ लाख रुपियाँ मात्रै थियो । अघिल्लो आवको तुलनामा यो ९३२ प्रतिशतले बढी हो । 

Advertisement

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेर १ अर्ब ५ करोड ४१ लाख रुपियाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा २९९.२४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनी २३ करोड ६० लाख रुपियाँ कुल नाफा कमाउन सफल भएको थियो । 

त्यस्तै, कम्पनीको वित्तीय खर्च पनि १३७.३३ प्रतिशत बढेर ४७ करोड ७४ लाख रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमाफर्त १ अर्ब २४ करोड रुपियाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ३३ करोड ८३ लाख रुपियाँ मात्र थियो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६.८२ रुपियाँले बढेर ७.८९ रुपियाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १०९.७३ रुपियाँ र मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ।

५ अर्ब ७८ करोड ६५ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५६ करोड ३१ लाख रुपियाँ सञ्चित  छ।

Advertisement

Advertisement