थामेमा बाढीले प्रभावित टेलिफोन र इन्टरनेट सेवा सुचारु

Advertisement

काठमाडौं । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको छ । 

गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले खुम्बु विद्युत्गृहमा क्षति पुगेको थियो । सोही कारण नाम्चे, खुमजुंग, पानी ट्यांकीका टावर बन्द हुनुका साथै विद्युत सेवा अवरुद्ध भएको थियो ।  

Advertisement

टेलिकमले उक्त टावर सञ्चालन गरेसँगै हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको जनाएको छ । 
 

Advertisement

Advertisement