सवारी दुर्घटनामा  सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

Advertisement

हुम्ला । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा  निधन भएको छ ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए । 

Advertisement

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । 

उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट गत स्थानीय तह  निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए । 

Advertisement

Advertisement