बीमा कम्पनी र भुक्तानी सेवा प्रदायकलाई सात दिनभित्र सूचना प्रणालीमा आवद्ध हुने विभागको आग्रह

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनी र भुक्तानी सेवा प्रदायक संस्था वैदेशिक रोजगारी बिभागको ‘एफईआईएमएस’ प्रणालीमा आवद्ध हुनुपर्ने भएको छ । 

विभागले एक सूचना जारी गर्दै जीवन बीमा कम्पनी र भुक्तानी सेवा प्रदायक संस्थालाई उक्त प्रणालीमा आवद्ध हुन आग्रह गरेको हो । यो वैदेशिक रोजगार सम्बन्धमा विभागले सञ्चालनमा ल्याएको सूचना व्यवस्थापन प्रणाली हो । 

Advertisement

‘वैदेशिक रोजगार विभागबाट सञ्चालनमा ल्याइएको एफईआईएमएसमा आगामी आव २०८१–८२ देखि आवद्ध हुन चाहने जीवन बीमा कम्पनीहरु तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुले आवश्यक कागजात सहित तोकिएको म्यादभित्र निवेदन दिन तथा विगतदेखि आवद्ध भइसकेका उल्लेखित संस्थाहरु समेत छुट भएको भए यस विभाग समक्ष निवेदन पेश गरी नवीकरण गरी एफईआईएमएस प्रणालीमा अद्यावधिक गर्न तेस्रो पटक सात (७) दिने सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ । 

यसका लागि बीमा कम्पनी र भुक्तानी सेवा प्रदायकले संस्था दर्ता र नवीकरण भएको प्रमाणपत्र, स्थायी लेखा नम्बर र भ्याट दर्ताको प्रमाण र आव २०७९–८० सम्मको कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्छ । साथै, जीवन बीमा कम्पनीले बीमा प्राधिकरणबाट पाएको लाइसेन्स र भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकबाट प्राप्त इजाजतत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । 

वैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्यरुपमा बैदेशिक रोजगार म्यादी बीमा गर्नुपर्छ । साथै, बिभिन्न शिर्षकमा कामदारले बिभागलाई शुल्क तिर्नुपर्छ । तसर्थ, बीमा कम्पनी र भुक्तानी सेवा प्रदायकबीच बिभिन्न बिषयमा सहकार्य गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरु उक्त प्रणालीमा जोडिन आवश्यक रहेको बिभागको भनाइ छ ।

Advertisement