मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।  

Advertisement

उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ्ग तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् । 

बुद्ध एयरका मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए । 
 

Advertisement