दसैंतिहारका लागि राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट साट्ने, कति पाइन्छ ?

Advertisement

काठमाडौं । दसैंतिहारका लागि यो वर्ष केन्द्रीय बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटहीको सुविधा दिने भएको छ ।

दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाई नगरेपनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सुकिला नोट सटहीका सुविधा आगामी असोज १३ गतेदेखि दिन लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखरेलले जानकारी दिए । 

Advertisement

उनका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंक तथा वित्तीय संस्थाहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।

गत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले (एक सेट) सुकिला नोट सटही सुविधा प्रदान गरिनेछ । रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका सुकिला नोट साट्न सकिन्छ । 

Advertisement