सन नेपाल लाइफको बागमती प्रदेश प्रमुखमा अधिकारी नियुक्त

Advertisement

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेश प्रमुखमा लोकमाया अधिकारी नियुक्त भएकी छन् । कम्पनीले यसै साता बागमती प्रदेशको प्रमुख अधिकारीलाई नियुक्त गरेको हो । 

अधिकारीसँग बीमा क्षेत्रमा १४ वर्षको अनुभव छ । यसअघि उनी सिटिजन लाइफ इन्स्योरेन्समा कार्यरत थिइन् । सिटिजन लाइफलाई नयाँ उचाईमा पुर्याउन उनको पनि ठुलो योगदान भएको बताइन्छ । त्यसअघि उनले मेट लाइफमा पनि काम गरेकी थिइन । 

Advertisement

अहिले भने उनी सन नेपाल लाइफको बागमती प्रदेश प्रमुखमा नियुक्त भएकी हुन् । उनको नेतृत्वले सन नेपालले थप उचाई लिने विश्वास गरिएको छ। 

अधिकारीले पनि कम्पनी दिएको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्ने बताइन् । बीमितलाई गुणस्तरीय सेवा दिने पनि उनले बताइन् । साथै, आउने दिनमा अन्तरराष्ट्रिय स्तरको बीमा सेवा प्रदान गर्ने पनि उनको भनाइ छ । 

यस्तै, बागमती प्रदेश भित्रका शाखा कार्यालयको क्षमता बढाउने योजना पनि अधिकारीले बनाएकी छिन् । अभिकर्तालाई थप प्रोत्साहन गर्ने र बिमितहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने योजना पनि उनले बनाएकी छिन् । 
 

Advertisement