जीकर एक्स भन्सार नाकामा आईपुग्यो, अटो शोमा लन्च हुने

Advertisement

काठमाडौं । नेपाली बजारका लागि वहुप्रतिक्षित लक्जरी एसयूभी जीकर एक्स भन्सार नाकामा आइपुगेको छ । 

भदौ ११ देखी सुरु हुने नाडा अटो शोमा सोकेस गर्न सो एसयूभी नेपाल ल्याइएको हो । जीकर एक्स भन्सार नाकासम्म आईपुगेको र अवको केहि दिनमै काठमाडौं भित्रिने नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प स्रोतले बताएको छ ।     

Advertisement

कम्पनीले यसको रियर ह्विलर र अल ह्विल ड्राईभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्बजनिक गरिसकेको छ । 

जसअनुसार, यो नयाँ प्रिमियम ईभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख पर्ने जनाइएको छ । चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ ।

सो नयाँ कम्प्याक्ट एसयुभीमा जीकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ ।

सिंगल मोटर भेरिएन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले सून्यदेखी १०० किलोमिटर सम्मको गति लिन सक्छ ।

जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ । यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४।३ इन्चको हेड-अप-डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको छ ।

जीलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम छ भने ह्विलवेश २७५० एमएम लामो छ ।


 

Advertisement