नेशनल लाइफको साधारणसभा आज, १०.७४ प्रतिशत लाभांश पारित गरिँदै

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज (भदौ ७) बस्दैछ । 

सभा, कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभामा कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले आर्थिक वर्ष ०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव ०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ । 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले साउन २४ गते बुकक्लोज गरिसकेको छ । साउन २३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 

Advertisement