प्रभु महालक्ष्मी लाइफले घोषणा गर्यो १०.५२ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १०.५२६ प्रतिशतल लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव किशोर लामिछानेले जनाएका छन् । 

Advertisement

साथै नियामक निकायले तोकेको न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन ७ प्रतिशत हकपूद जारी गर्न नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिका लागि लेखी पठाउने निर्णय समेत भएको छ । 

आज घोषित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७२ करोड ५६लाख रुपियाँ पुग्नेछ । 

यसअघि गत २०८० पुस २९ गते १७ प्रतिशत हकप्रदका लागि बीमा प्राधिकरण समक्ष निवेदन पेश गरिएकोमा हालसम्म स्वीकृति प्राप्त भएको थिएन । 

अघिल्लो आवको नाफाबाट बोनस शेयरको घोषणा भएसँगै ७ प्रतिशतमात्रै हकप्रदका लागि स्वीकृति माग गर्ने निर्णय भएको कम्पनी सचिव लामिछानेले उल्लेख गरेका छन् ।  
 

Advertisement