रु २७५ मै एशियन लाइफको शेयर किन्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साउन ३२ गतेदेखि संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

Advertisement

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजसम्म निवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य २७५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ । 

शेयर खरिदका लागि बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम २ लाख कित्ता वा सोभन्दा बढीका लागि १० ले भाग जाने संख्यामा वा अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

बोलपत्र कम्पनीको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी दिनुपर्नेछ । 

Advertisement