‘कर्पोरेट हाउस’ बढ्न नसक्दा खुम्चिएको ‘प्रिमियम’ गाडीको बजार

Advertisement

–कैलाशबाबु गेलाल
प्रबन्ध निर्देशक, जी मोटर्स प्रालि (स्काइवेल)
नेपालको अटोमोबाइल क्षेत्र निकै छोटो समयमा आइस इन्जिन गाडीबाट विद्युतीय गाडी (ईभी) मा फड्को मा¥यो । नेपाली बजारमा सस्ता, मध्यमस्तरदेखि उच्च तहका प्रिमियमसम्मका गाडी छन् । अहिले हामीले स्काइवेलको इटी–५ गाडी बिक्री वितरण गरिरहेका छौं, यसलाई हामीले प्रिमियम भन्नका लागि केही आधारभूत सिद्धान्तलाई आधार मानेका छौं । यस्तो एसयूभी, जुन साइजमा ठूला (४७२० मिलिमिटर) र फराकिलो ‘लेग रूम’, अटो पार्किङ, लामो रेन्ज (६४२ किलोमिटर), सिटिङ कम्र्फटलगायतका विशेषता भएका कारण हामीले यसलाई प्रिमियम भनेका हौं । यो गाडी संसारका ६५ भन्दा धेरै देशमा बिक्रीवितरण हुँदै आइरहेको छ भने त्यहाँ यसलाई वर्गीकरण गर्दा पनि बीएमडब्ल्यूलगायतका गाडीसँग तुलना भइरहेको छ । 

नेपालमा अहिले मोटर किलोवाटको आधारको भन्सार महशुल लाग्ने नीतिसँग तुलना गर्दा पनि यो ‘अपर क्लास प्रडक्ट’ हो । भन्सार नीतिकै कारण हाम्रो गाडी १५० किलोवाटको मोटरका कारण तुलनात्मक महँगो प¥यो र यो ‘अपर क्लास’ वर्गमा गयो । अर्को कुरा, संसारभर पाउने स्काईवेलका गाडीको मोटर र नेपालमा उपलब्ध स्काइवेलका गाडीको मोटर पावर समान छ । 

Advertisement

किन सानो छ प्रिमियमको बजार ? 
पछिल्लो २÷३ वर्षदेखि नेपाल आर्थिक मन्दीको अवस्थामा छ । यसमा अझै सुधार आएको छैन । यस्तो अवस्थामा हामीले गाडी आयात गर्दा के अनुभव ग¥यौं भने समग्र प्रिमियम गाडीको बजार सानो भइसकेको छ । निर्माण व्यवसायी, ठूला व्यापारी, उद्योगीहरुको पनि अहिले मुनाफामा गिरावट आएका कारण पनि प्रिमियम गाडीको बजार खुम्चिएको हो । व्यक्तिविशेष वा संस्थागत रुपमा पनि महँगा गाडीमा आकर्षण थोरै छ । 

अहिले प्रिमियम गाडी बेच्न भनेर धेरै ब्राण्ड लागिपरेका छन् । तर त्यसअनुसारका गाडी किन्ने क्षमताका मान्छे कति छन् ? नेपालमा औंलाले गन्न मिल्ने मात्र कर्पोरेट हाउस छन् । हाम्रै छिमेकी राष्ट्र चीन, भारत र अन्य मुलुकमा हेर्ने हो भने कर्पोरेट हाउस बढिरहेका छन् । तर नेपालमा खासै बढ्नै सकेको अवस्था छैन । कर्पोरेट हाउस बढ्न नसक्दा र सरकारले यसका लागि नीतिगत प्रयास नगर्दा प्रिमियम गाडीको बजार पनि बढ्न नसकेको हो ।

– हामीले गाडी आयात गर्दा के अनुभव ग¥यौं भने समग्र प्रिमियम गाडीको बजार सानो भइसकेको छ । साथै, निर्माण व्यवसायी, ठूला व्यापारी, उद्योगीहरुको पनि अहिले मुनाफामा गिरावट आएका कारण पनि प्रिमियम गाडीको बजार खुम्चिएको हो ।

कुनै व्यवसायीले व्यापार गर्दै गर्दा ५–६ सय जनालाई रोजगारी दिन शुरू हुन्छ अनि मात्र अर्थतन्त्र उकालो लाग्यो भन्ने बुझिन्छ । यहाँका व्यवसायीले आर्थिक मन्दीकै कारण भएका कर्मचारी हटाउनुपर्ने बाध्यता छ । गएको आर्थिक वर्षमा सयौंलाई रोजगारी दिने कर्पोरेट हाउस कति जन्मिए ? खोज्दै विरलै भेटिएला । जबसम्म यस्ता ठूला उद्योग÷व्यवसाय जन्मिँदैनन्, वा उनीहरुले कमाउँदैनन् भने प्रिमियम अटोमोबाइल प्रोडक्ट कसले किन्ने ?

भारतमै हेर्ने हो भने त्यहाँ प्रिमियम प्रडक्टको माग बढिरहेको छ । त्यहाँ कलाकारले पनि महँगा गाडी चढ्छन् । खेलाडीले पनि महँगै गाडी चढ्छन् । कर्पोरेट हाउसमा आबद्ध भएकाले पनि प्रिमियम गाडी नै चढ्छन् । हाम्रो देशको कलाकारिता, खेलकुदलगायतका सबै क्षेत्र संकुचित छ । त्यसले गर्दा बजार जति विस्तार हुनुपर्ने हो, त्यति हुन सकेको छैन । प्रिमियम गाडीको बजार बढ्न देशको सबै क्षेत्र बलियो हुनुपर्छ । हाम्रो बजारको मुख्य चुनौती त्यही हो । 
सानो बजारमा धेरै ब्राण्ड आएकाले पनि यो समस्या आएको हो कि ? भन्ने प्रश्न उब्जिएला । स्वाभाविक प्रश्न हो । बजार यही हो । सबैले अवसर खोज्ने यही बजारमा हो । 

केही समयअघि नेपालमा फोर्स गाडी भित्रियो । तर नेपालमा फोर्स चढ्न सक्ने १० जना पनि भएनन् । फोर्स चढ्न सक्ने १० जना पनि भएनन् भने ‘इन्ट्री लेबल’का गाडी चढ्ने कति थपिएलान् ? अरु प्रिमियम गाडी चढ्ने कति थपिएलान् ? सरकारले कर बढी लगाउने धनी वर्गलाई नै हो । गाडी होस् वा होटल, धनी वर्गले प्रयोग गर्ने कुरामा धेरै कर छ । तर त्यो धनी वर्ग बढाउन गर्नुपर्ने पहल सरकारले गरेको छैन । धेरै मान्छे पाँचतारे होटल जान सक्ने अवस्था आएमा मात्रै सरकारको कर पनि बढ्छ । 

– हाम्रो देशमा कर्पोरेट हाउस बढ्न नसक्दा र सरकारले यसका लागि नीतिगत प्रयास नगर्दा प्रिमियम गाडीको बजार पनि नबढेको हो । हाम्रो देशको कलाकारिता, खेलकुदलगायतका सबै क्षेत्र संकुचित छन् । त्यसले गर्दा बजार जति विस्तार हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

हामीले प्रिमियम भन्ने सयदेखि २ सय किलोवाटका ईभी नै गत वर्ष २५० को हाराहारीमा मात्र बिक्री भए । समग्रमा भन्दा प्रिमियम गाडीको बजार बढ्न जनतालाई पैसा कमाउने वातावरण बनाइदिनुपर्छ, व्यावसायिक वातावरण बढाउनुपर्छ । निर्माण व्यवसायीले आफ्नो पाउनुपर्ने पैसा सरकारबाट पाइरहेका छैनन् । उनीहरुले भुक्तानी नपाउँदा देशको आर्थिक चक्र नै बिग्रिएको छ । अरु क्षेत्रमा पनि त्यस्तै खालका समस्या छन् । 

निर्माण व्यवसाय, घर÷जग्गा व्यवसाय, उद्योग, कलकारखानादेखि सानातिना व्यवसायसम्मलाई काम गर्ने वातावरण नभएसम्म अर्थतन्त्र सुध्रिँदैन र प्रिमियम गाडीको मात्र होइन ‘इन्ट्री लेबल’का गाडीको पनि बजार बढ्दैन । त्यस्तै, देशमा प्रिमियम गाडी सुहाँउदो भौतिक संरचना छैन । प्रिमियम इलेक्ट्रिक गाडी लिएर काठमाडौंबाट पोखरा जानुप¥यो भने पाँचपटक सोच्नुपर्छ । सरकारले सडक, चार्जिङ स्टेशनलगायतका विषयमा पनि गम्भीर भएर सोच्नुपर्छ । 

कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित विचार । 

Advertisement