एनआईसी एशिया ‘डाइनामिक डेप्ट फण्ड’को प्रतिफल इकाइधनीको खातामा जम्मा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘डाइनामिक डेप्ट फण्ड’को १० प्रतिशत प्रतिफल सम्बन्धित इकाइधनीको बैंक खातामा जम्मा भएको छ । 

फण्डले आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो ।

Advertisement

फण्डले इकाइधनीको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक गरिएका इकाइधनीको सम्बन्धित बैंक खातामा भदौ ९ गतेदेखि प्रतिफल वितरण गरिएको जनाएको छ ।

फण्डको कोष प्रबर्द्धकमा एनआईसी एशिया बैंक, योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल रहेका छन् । 

Advertisement