नाडामा सनरुफसहितको एसयूभी पन्च ईभीको ३ सय भन्दा बढी बुकिङ्ग

Advertisement

काठमाडौं । नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ्ग लिएर बिक्री सुरु भएको पन्च इभिको ४ दिनमा ३२८ बुकिङ्ग भएको छ । 

शनिबार पनि बुकिङ थपिएको छ, नाडामा आइतबार पनि उपभोक्ताहरुको बाक्लो  उपस्थित रहने बिश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति बताउँछन् ।

Advertisement

टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।  

undefined


 

Advertisement