पर्यटन मन्त्री पाण्डेले भने, 'प्राधिकरण टुक्राउने विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसक्यो'

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६औं वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए । 

Advertisement

मन्त्री पाण्डेले भने, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनुपर्यो ।’

उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी  पर्यटकहरू भित्र्याउन सकिने गरि विश्वास दिलाउनु पर्ने उनले बताए । 

सोही अवसरमा मन्त्री पाण्डेले नेपालको पर्यटन विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भईरहेको र हवाई क्षेत्र सुरक्षित बनाउन नागरिक उड्यान प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्टयाउने गरि ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको उनले जानकारी दिए । 

Advertisement

Advertisement