रामेछाप-लुक्ला उडान असोज ४ गतेदेखि नियमित गर्ने

तारा एअरले मंगलबारबाट पोखरा-जोमसोम उडान शुरु गर्दै

Advertisement

काठमाडौं ।  तारा एअरले भोलि मंगलबारबाट प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित उडान नियमित गर्ने भएको छ । सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय शुरु भएकोले उडान नियमित हुन लागेको हो । 

जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाईएको छ ।

Advertisement

तारा एअरको उडान पोखराको पुरानो एअरपोर्टबाटै संचालन हुने कम्पनीले जनाएको छ । मुस्ताङ जिल्लास्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ । 

यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्लाका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्बजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् । 

यो सिजनका लागि तारा एअरको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्ने तालिका राखेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुई वटै विमानले रात्री बिसान गरि डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको तारा एअरले जनाएको छ । 

ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिंदै आएको छ ।
 

Advertisement