प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर सार्वजनिक

Advertisement

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । 

जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो, जुन अत्याधुनिक प्रविधि र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।

Advertisement

ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोह सहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा, गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिती रहेको थियो । 

कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरियो । साथै, कन्टेमपररी डान्स प्रस्तुतीले कार्यक्रममा शोभा बढायो भने ‘प्रोडक्ट भिडियो’ मार्फत नयाँ जिकर एक्स एसयुभिको विस्तृत जानकारी प्रदर्शन गरियो ।

null

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ । यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ, जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

सन् २०१४ मा स्थापित पायोनियर मोटो कर्प प्रालि, नेपालमा अग्रणी अटोमोबाइल वितरक हो । शारडा ग्रुपको सहायक (सिस्टर कन्सर्न) कम्पनी रहेको पायोनियर मोटो कर्प, नेपालमा जिकरको लागि आधिकारिक वितरक हो । 
 

Advertisement