वीरगञ्जमा नयाँ शो-रुमबाट शुरु भयो पन्च ईभीको डेलिभरी

Advertisement

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिको आधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुमको उद्घाटनसंगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु गरेको छ ।  

कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।  सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको साथै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए । 

Advertisement

त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ्ग प्रालि वीरगंज शाखाका प्रमुख सन्दीप गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

पन्च ईभीको रिजनल लन्च अन्तर्गत बिरगंजको लन्चको मौका पारेर नंया शोरुमको पनि उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोहि कार्यक्रममा पन्च इभि बुक गर्नु भएको ग्राहकहरुलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको बताए ।  

टाटा पन्च ईभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।  पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा  दुई  सेगमेन्ट माथिको विशेषताहरु  भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटा– एप्पल कार प्लेको आनन्द लिन सक्ने छन् । 

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ । 

Advertisement