सिटी एक्सप्रेसद्वारा ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजना सार्वजनिक

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा  आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती थियो । 

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ । 

Advertisement

कम्पनीका अनुसार यस ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ, साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ । 
 

Advertisement