राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘आरबीबी शैक्षिक कर्जा योजना’, रु. १ करोडसम्म पाइने

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विदेश पढ्न जान चाहनेहरुका लागि ‘आरबीबी शैक्षिक कर्जा योजना’ ल्याएको छ । 

‘पढाईको लागि पैसा, नो टेन्सन’ भन्ने थिमसहित सार्वजनिक गरिएको उक्त कर्जा योजनामा रु. ५ लाखदेखि १ करोडसम्म कर्जा पाइने छ । 

Advertisement

पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेको छ । 
 

Advertisement