पूर्वबाट शुरु भयो पन्च इभीको ‘रिजनल लञ्च’

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ ।  

बिर्तामोड स्थित अलास्का अटोमोवाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ ।  साथै सोहि कार्यक्रममा बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।  सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको साथै उद्योग वाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।  

Advertisement

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहेको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए । साथै गत चैत्रमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए ।  

पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ । 

टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा  दुइ  सेगमेन्ट माथिको विशेषताहरु  भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो–एप्पल कार प्लेको आनन्द लिन सक्ने छन् । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ ।  
 

Advertisement