राष्ट्रिय बाल दिवसमा उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

Advertisement

काठमाडौं । राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ । 

यसैक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको छ ।  

Advertisement

तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, श्री सिद्धिमंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरु, सहायक प्रधान अध्यापकहरु, शिक्षकहरु लगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरुको उपस्थितीमा उक्त तालिम संचालन गरिएको थियो । 

undefined

Advertisement