सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा १८.३८ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९÷८० को नाफाबाट बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिति श्रेष्ठले उल्लेख गरेकी छिन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement