लाभांश पारित गर्न अपि पावरले कात्तिक १ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । अपि पावर कम्पनीले आव २०८०–८१ को नाफाबाट   ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । 

यसैक्रममा उक्त लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा होटल क्रिष्टल पशुपति, गौशला, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Advertisement

साधारण सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने भएको कम्पनी सचिव सुजन अधिकारीले जनाएका छन् । 

Advertisement