सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश इकाइधनीको खातामा जम्मा

Advertisement

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल इकाइधनीको खातामा जम्मा गरिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ७ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने निर्णय गरेको थियो । 

Advertisement

उक्त लाभांश असोज ७ गतेदेखि सम्बन्धित इकाइधनीको हितग्राखी खातामा जम्मा गरिएकाले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए नभएको यकिन गर्न कम्पनीले अनुरोध गरेको छ ।

साथै, कम्पनीले हितग्राही खाता अद्यावधिक नगराएका इकाइधनीलाई खाता अद्यावधिक गराई समयमै प्रतिफल लिन भनेको छ । 

आफ्नो इकाइ धितो राखेका इकाइधनीको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतपत्र कम्पनीमा पेस गर्नुपर्नेछ । 
 

Advertisement

Advertisement