प्रभु बैंकको पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

Advertisement

काठमाडौं । प्रभु बैंकले पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना स्थापना गरेको छ । बैंकले स्वदेश तथा विदेशमा उच्च शिक्षा हाँसिल गर्न गण्डकी क्षेत्रबाट जानेहरुको लागि आवश्यक शैक्षिक कर्जा उपलब्ध गराउन उक्त केन्द्र स्थापना गरेको जनाएको छ । 

क्षेत्रीयस्तरबाट उपलब्ध हुनसक्ने सहज भूमिकालाई मध्यनजर गर्दै यो विभाग स्थापना गरिएको भन्दै बैंकले नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि वित्तीय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको बताएको छ । 

Advertisement

सीमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको  समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले शैक्षिक केन्द्र स्थापना गरिएको प्रभु बैंकको भनाई छ । शैक्षिक कर्जा सुविधा उपभोग गर्नका यस शैक्षिक केन्द्रका साथै गण्डकी क्षेत्रका शाखा कार्यालयहरुमा सम्पर्क राखी पाँच दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको जनाइएको छ ।  

यस केन्द्रको उदघाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनले गरेकी हुन् । हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा र २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

Advertisement