काठमाडौ । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् ।
उनी ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् । उनी नेकपा एमालेबाट निर्वाचित मेयर हुन् । प्रहरीले उनलाई नेपाल ल्याउँदै छ ।
सहकारीको समस्या सिर्जना भइसकेपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए ।
उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने १२ माघ ०८० मा रेड नोटिस समेत जारी भएको थियो ।