सेप्टेम्बरमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिए, ९ महिनामा ८ लाख बढीको आगमन

Advertisement

काठमाडौं । गएको सेप्टेम्बर महिनामा मात्र नेपालमा झण्डै एक लाख विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार यस महिना कूल ९६ हजार ३०५ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । 

योसँगै सन् २०२४ को ९ महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ८ लाख १६ हजार ६३७ पुगेको छ । 

Advertisement

सन् २०२४ को अगस्टसम्ममा ७ लाख २० हजार ३३२ विदेशी पर्यटक नेपाल भित्रिएकामा पछिल्लो सेप्टेम्बर महिना ९६ हजार ३०५ जना थपिएको हो । 


कुन महिना कति पर्यटक आए ?

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एकसय जना विदेशी पर्यटक नेपाल आएका थिए । त्यसपछि, 

दोस्रो महिना फेब्रुअरीमा– ९७ हजार ४२६ जना,
तेस्रो महिना मार्चमा– (अधिकतम्) १ लाख २८ हजार १६७ जना,
अप्रिलमा– १ लाख ११ हजार ३७६ जना,
मेमा– ९० हजार २११ जना,
जुनमा– ७६ हजार ७३६ जना,
जुलाईमा– ६४ हजार ५९९ जना,
अगस्टमा– ७२ हजार ७१७ जना र
पछिल्लो महिना सेप्टेम्बरमा–९६ हजार ३०५ जना पर्यटक नेपाल आएका छन् । 

मुख्य पर्यटन सिजन शुरु भएसँगै बाँकी तीन महिना अक्टुबर, नोबेम्बर र डिसेम्बरमा अझ पर्यटन आगमन बढ्ने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल भित्रिएका थिए ।

Advertisement

Advertisement