गत आवमा ५३ देशबाट लगानी प्रस्ताव, आर्थिक संकट सामना गरेको श्रीलंका पनि इच्छुक

उत्तर छिमेकी चीन २४ अर्ब लगानी गर्न इच्छुक हुँदा दक्षिणी भारतको जम्मा तीन अर्ब इच्छा

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा नेपालमा चीनबाट सबैभन्दा धैरै लगानी प्रतिवद्धता आएको छ । उद्योग बिभागले तयार गरेको गत आवको वैदेशिक लगानी प्रतिवद्धतासम्बन्धी प्रतिवेदनअनुसार चीन सबैभन्दा धेरै लगानी गर्न इच्छुक देखिएको हो । 

गत आवमा कागजी प्रक्रियाबाट मात्रै ६२ अर्ब रुपियाँ हारहारीमा लगानी प्रतिवद्धता आएको थियो जसमा देशगतरुपमा चीनबाट मात्रै झण्डै २४ अर्ब रुपियाँको प्रतिवद्धता आएको छ । गत आवमा ५३ वटा देशबाट नेपालमा लगानी प्रतिवद्धता आएको छ । त्यसमा चीनबाट मात्रै २३ अर्ब ९१ करोड ६७ लाख रुपियाँको प्रतिवद्धता आएको छ । 

Advertisement

चीन नेपालको उत्तरी छिमेकी हो । पछिल्लो समय नेपालको सूचना प्रविधि लगायतका क्षेत्रमा चीनले लगानी बढाउँदै गएको छ । दोस्रो नम्बरमा भने केमल आइसल्यान्ड रहेको छ । गत आवमा उक्त मुलुकबाट नेपालमा १३ अर्ब १० करोड १७ लाख रुपियाँ लगानी गर्ने प्रस्ताव आएको छ । तेस्रो नम्बरमा भने दक्षिण कोरिया रहेको छ । कोरियाबाट १२ अर्ब ९६ करोड १० लाख रुपियाँ लगानी प्रतिवद्धता आएको छ ।

समीक्षा अवधीमा दक्षिण छिमेकी भारतबाट भने जम्मा तीन अर्ब पाँच करोड ४६ लाख रुपियाँको लगानी प्रतिवद्धता आएको छ । नेपालमा धेरै लगानी प्रतिवद्धता गर्ने मुलुकमा भारत चौथो स्थान छ । नेपाल–भारतबीचको व्यवसायीक सम्बन्ध उच्च छ । तर, भारतबाट त्योअनुसार लगानी प्रतिवद्धता भने नआउने अर्थपूर्ण देखिन्छ । 

यस्तै, अष्ट्रेलियाले तीन अर्ब चार करोड रुपियाँ, अमेरिकाले एक अर्ब ७५ करोड रुपियाँ, बेलायतले एक अर्ब ४९ करोड रुपियाँ र सिंगापुरले एक अर्ब ४५ करोे ५० लाख रुपियाँ लगानीको प्रस्ताव गरेका छन् । यसरी आठ देशबाट अर्ब भन्दा बढीको लगानी प्रस्ताव आएको छ । अन्य देशबाट भने करोडको अनुपातमा लगानी प्रस्ताव आएको छ । 

आर्थिक संकटमा परेको श्रीलंकाबाट समेत प्रस्ताव
समीक्षा अवधीमा श्रीलंकाबाट पनि लगानी प्रतिवद्धता आएको छ । केही बर्षअघि मात्रै चरम आर्थिक संकटको सामना गरेको श्रीलंकाबाट समेत नेपालमा लगानी प्रस्ताव आएको हो । 

समीक्षा बर्षमा श्रीलंकाबाट २२ करोड लाख रुपियाँ लगानी प्रस्ताव आएको छ । केही बर्षअघि श्रीलंकाले विदेशी मुद्रा अभावको सामना गरेको थियो । तर, अहिले सोही देशले नेपालमा लगानी गर्ने प्रस्ताव गरेको छ ।

कुन मुलुकबाट कति लगानी प्रतिवद्धता ?


undefined

undefined

undefined

undefined

Advertisement

Advertisement