दशैं नमानी वैदेशिक रोजगारी गए ५३ हजार ५२५ नेपाली

Advertisement

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं परेको महिना अर्थात असोजमा ५३ हजार ५२५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसपालीको दशैं असोज २६ गते थियो । बडा दशैंमा आफन्तसँग रमाइलो गर्ने महिनामा यतिका नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । 

वैदेशिक रोजगार बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । त्यसमध्ये ३४ हजार १६९ जना पहिलो पटक वैदेशिक रोजगारीमा गएका हुन् । गत आवको असोजमा ५६ हजार २३५ जना नेपाली कामदार विदेशीएका थिए । त्यसमा ३८ हजार ९४२ जना नयाँ कामदार थिए । गत आवको असोज महिनाको तुलनामा यो असोजमा विदेशीने कामदारको संख्यामा कमी आएको छ । 

Advertisement

समीक्षा महिनामा युएईमा सबै भन्दा धेरै नेपाली कामदार गएका छन् । असोजमा त्यहाँ १७ हजार ७२४ जना नेपाली कामदार गएको तथ्यांकमा उल्लेख छ । दोस्रो स्थानमा रहेको साउदी अरबमा १० हजार ४६८ र तेस्रो स्थानमा रहेको कतारमा नौ हजार ७९८ जना नेपाली कामदार गएका छन् । समिक्षा महिनामा बिभिन्न ९८ मुलुकमा नेपाली कामदार गएका छन् । 

तथ्यांकअनुसार गत भदौ मा ५७ हजार ४९३ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए । गत आवको भदौ महिनामा ५० हजार ८८४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

गत साउन महिनामा भने ५९ हजार ५७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आवको साउनमा भने ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । 

चालु आवको साउन, भदौ र असोजमा गरेर एक लाख ७० हजार ५९३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा एक लाख १० ६५४ जना पहिलो पटक वैदेशिक रोजगारीमा गएका छन् ।  गत आवको सोही अवधीमा एक लाख ६२ हजार ६९४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आवभर भने नेपालबाट सात लाख ४१ हाजर २९७ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए ।
 

Advertisement

Advertisement