उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहाक दिने हर्क साम्पाङको निर्णय अदालतद्धारा अस्वीकार

Advertisement

काठमाडौं । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिने मेयर हर्क साम्पाङको निर्णयलाई अदालतले अस्वीकार गरेको छ । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्र फागोलाई दिएको कार्यबाहाकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएको छ ।

Advertisement

धरानका उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको छ । मेयर साम्पाङ धरानमा पारुहाङ सुम्निमा (शिव पार्वती)को प्रतिमा निर्माणका लागि सहयोग जुटाउन भन्दै परिवारसहित बेलायत गएका छन् । 

उनले उपमेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडाध्यक्ष फागोलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उच्चको आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४)को देहाय (क)को देहाय (१२)ले गरेको व्यवस्था र धरान उपनगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेशसम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।

Advertisement

Advertisement