सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

Advertisement

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । 

काठमाडौंमा पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज (आइतबार) पेश गरिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्रै अदालतमा पेश गरिएको हो । 

Advertisement

लामिछानेलाई रिहाइ गर्न माग गर्दै आज पनि पोखरामा हजारौंले प्रदर्शन गरेका थिए । भीड ठूलो हुन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न शहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । 

उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

Advertisement

Advertisement