वीर अस्पतालमा क्यास काउन्टर र एटीएम राख्न प्रस्ताव आह्वान

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको वीर अस्पतालले क्यास काउन्टर र एटीम मेसिन राख्न शिलबन्दी प्रस्ताव आह्वान गरेको छ । 

अस्पतालले बिरामी उपचार गर्न आउँदा सेवा प्रदान गरेबापत लिने शुल्क उठाउन चौबिसै घण्टा सञ्चालन हुने गरी क्यास काउन्टर र एटीम सञ्चालन गर्ने गरी प्रस्ताव आह्वान गरेको हो । 

Advertisement

इच्छुक ‘क’ वर्ग बैंकहरूले ७ दिनभित्र (कात्तिक ११ गते कार्यालय समयभित्र) शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्ताव अस्पतालको आर्थिक प्रशासन शाखाबाट पाइनेछ ।

अस्पतालका अनुसार प्रस्ताव दर्ता कात्तिक १२ गते हुनेछ भने सोही दिन प्रस्ताव खुल्नेछ । 
 

Advertisement

Advertisement