एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला

Advertisement

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ । तोकिएको समयभित्र खरिद आवेदन परेपछि अहिले सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । 

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 


खरिदकर्ता र बिक्रीकर्ताको आपसी सहमतिपश्चात् शेयर खरिदबिक्री गरिने बैंकले जनाएको छ । 

Advertisement

Advertisement