सुन्धारा सेक्युरिटिजद्वारा ११ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

Advertisement

काठमाडौं । सुन्धारा सेक्युरिटिज (ब्रोकर नम्बर ५२) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Advertisement

सोही प्रयोजनार्थ कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीका अनुसार सभा कात्तिक ३० गते कम्पनीकै रजिष्टर्ड कार्यालय बागदरबार, काठमाडौंमा दिउँसो ४ बजेदेखि शुरु हुनेछ । 

सभाले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने ११ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८० ८१ को सञ्चालक समिति तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ  । 


साथै, चालू आवका लागि लेखारीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने तथा दुई जना शेयरधनीको प्रतिनिधित्व चयन गर्ने एजेन्डा रहेको छ । 

Advertisement

Advertisement