ऋण तिर्न थ्रीस्टार हाइड्रोपावर कम्पनीले ४९ करोड २५ लाख रुपियाँ बराबरको हकप्रद जारी गर्ने

Advertisement

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी बराबरकै हकप्रद जारी गर्ने भएको छ । कात्तिक ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम ४९ करोड २५ लाख रुपियाँ चुक्तापुँजीको १ः१ बराबर हकप्रद (राइट सेयर) निष्काशन गर्न नियामक विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो । 

हकप्रदबाट प्राप्त हुने कूल ४९ करोड २५ लाख रुपियाँ मध्ये ३४ करोड २५ लाख रुपियाँ आयोजना निर्माणका लागी लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गरिने कम्पनीले जनाएको छ । बाँकी रहेको रकम १५ करोड रुपियाँ भने निको इनर्जी लिमिटेडद्धारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मे.वा) का लागि आवश्यक स्वपुंजीमा लगानी गर्ने प्रस्ताव गरिएको छ । 

Advertisement

नियामक विद्युत नियमन आयोगवाट पूर्व स्विकृति प्राप्त भए पश्चात उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभामा अनुमोदनको लागी पेश गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement