बाढीले बगाएको सिन्धुलीको सुनकोशी पुलको ठाउँमा जडान गरिएको बेलिब्रिज आजदेखि सञ्चालन

Advertisement

काठमाडौ । गत असोज ११–१२ मा भएको भारी बर्षाका कारण आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको पुलको ठाउँमा बेलिब्रिज जडान गरि आज (मंगलबार)देखि सञ्चालनमा ल्याइएको छ । 

बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माण पश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहाक सवारी साधनहरु सञ्चालनमा ल्याइएको हो ।
पुल बगाएपछि सिन्धुली र रामेछापको आवात जावत टुटेको थियो । बैंकल्पिक मार्गहरु प्रयोग गरेर सवारी साधन आवात जावत गर्दै आएका थिए । 

Advertisement

बेलिब्रिज सञ्चालनमा आएसँगै अब सिन्धुली र रामेछापबीचको सवारी सञ्चालन सामान्य अवस्थामा आएको छ । 

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त बेलिब्रिज निर्माणमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् । असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन भूमिका खेलेको भन्दै सम्मान गरिएको जनाइएको छ । 

आज बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि गएका मन्त्री दाहालले बिपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको पनि बताए । 

सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको थियो । 

Advertisement

Advertisement