प्राइम बैंककाे संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

Advertisement

 काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

शेयर किन्न इच्छुक जोकोही लगानीकर्ताले १५ दिनभित्र बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । 

साथै, बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यबारे कार्यालयमै सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ । 

बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको थियो । तर खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

Advertisement

Advertisement