नेपाल र नेदरल्याण्ड बीचको खेल साउन २९ र ३१ गते नेदरल्याण्डमा हुने

Advertisement

काठमाडौँ । विश्व क्रिकेट लिग प्रतियोगिताको चौथो चरणमा हुने नेपाल र नेदरल्याण्ड बीचको खेल यहि साउन २९ र ३१ गतेलाई तय भएको छ। 
विश्व क्रिकेट परिषद (आइसीसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार आउने साउन २९ र ३१ गते नेपालले अंक तालिकाकोको शीर्षस्थानमा रहेको नेदरल्याण्डसँग खेल्ने छ।

'होम एण्ड अवे' का आधारमा भइरहेको प्रतियोगिता अन्तर्गतको यो खेल नेदरल्याण्ड्समा हुने भएको हो ।सो खेल नेदरल्याण्ड्सको एम्टेलभिन क्रिकेट मैदानमा हुने आइसीसीले बताएको । 

Advertisement

केही हप्ता अघि मात्रै सम्पन्न घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल पुछारबाट पाँचौ स्थानमा उक्लिएको छ। नेपालको चार अंक छ।

विश्व क्रिकेट लिगमा नेपालसँग खेल्नु अघि नेदरल्याण्ड्सले अर्को ठूलो प्रतियोगिता 'आइ-कप'मा अफगानिस्तानसँग खेल्ने छ।  साउन १४ गते हुने यो खेल पनि नेदरल्याण्ड्सले नै आयोजना गर्ने छ।

Advertisement

Advertisement