फेसबुकबाट 'ब्ल्याक मेल' गरी लाखौँ उठाउन पल्केका नेपाली पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले सामाजिक संजाल मार्फत चरित्र हत्या गरिन्दिने भन्दै सौदा बाजी गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले यस कार्यमा संलग्न गोरखा पालुङ्गटार स्थाई घर भएका विकास नेपालीलाई पक्राउ गरेको हो ।
घटना विवरण यस्तो छ-
सामाजिक संजाल फेसबुकमा खाल्टेपानी युबा क्लब नामको फेसबुक आई.डी. बनाइ करिब दुई बर्ष अगाडि देखि साथी भई पीडितसंग विभिन्न बाहानामा रकम माग गर्दै करिब रु. एक लाख ६० हाजर भन्दा बढी रकम लिई सोही क्रममा विगत ६ महिना अघि पुन: पैसा माँग गरि पीडितको चरित्र हत्या गरी बदनाम गराउने उदेश्यले विभिन्न अश्लिल म्यासेज पठाउने तथा फोटो लगायत स्ट्याटस अपलोड गर्ने नेपालीले खाल्टेपानी युबा क्लबका म्यानेजरलाई काठमाण्डौ स्थित गोंगबु बसपार्कबाट साउन २९ गते प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा दर्ता चलाएको छ ।

पक्राउ परेका मानिसको विवरण :
नाम, थर :- विकास नेपाली
ठेगाना :- जिल्ला गोरखा पालुङटार न.पा. वडा नं.-७
उमेर :- ३२ बर्ष

के हुन्छ सजाय?
विद्युतीय स्वरुपमा गैर कानुनी कुरा प्रकाशन गर्ने (विद्युतीय कारोबार ऐन परिच्छेद ९ दफा ४७)
कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

Advertisement

Advertisement

Advertisement