काउन्टिन्हो बार्सिलोना नजानु उचितः नेयमार

Advertisement

एजेन्सीः पीएजसीका युवा स्टार तथा ब्राजीलियन फरर्वाड नेयमारले काउन्टिन्होलाई बार्सिलोना नजान सुझाव दिएको ब्राजिलका मिडियाहरुले जनाएका छन् । बार्सिलोनाबाट एक्कासि पीएसजी गएका नेयमारविरुद्ध यतिबेला क्लबले मुद्दा हालेको छ ।

बार्सिलोनाले काउन्टिन्होका लागि गरेको तीन वटा अफर लिभरपुलले अस्वीकार गरिसकेको छ । बार्सिलोनाले पछिल्लो समय ११.८ करोड पाउण्ड र बोनससहितको लिभरपुललाई अफर गरेको थियो । केहि दिनअघि मात्र क्लब भित्रिएका ओसमान डेम्बेलेलाई क्याम्प नोउमा प्रस्तुत गर्ने क्रममा बार्साका टेक्निकल डाइरेक्टर रोबर्ड फर्नान्डेजले क्लबले अर्को नयाँ खेलाडी किन्ने जानकारी दिएका थिए ।

ब्राजिलियन पत्रिका एस्टाडोका अनुसार नेयमारले काउन्टिन्होलाई लिभरपुलले उनलाई बार्सिलोना जान नदिएको निर्णय सही भएको बताएका थिए । दुवै खेलाडी यतिबेला ब्राजिलमा विश्वकप छनौट खेलका लागि छन् । ब्राजिलले अबको खेलमा इक्वेडरको सामना गर्दैछ । ढाडमा चोट लागेको भन्दै लिभरपुलका लागि यो सिजन कुनै खेल नखेलेका काउन्टिन्हो ब्राजिलका लागि भने खेल्न प्रशिक्षण गर्दै गरेको देखिएका थिए । यसकारण, लिभरपुलका समर्थकहरुले काउन्टिन्होको आलोचना गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement