सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेता

Advertisement

काठमाडौंः मलेसियामा जारी एसीसी इस्टर्न रिजन यू–१९ एसिया कप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणमा नेपालले अपराजित यात्रा कायम राखेको छ । आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा बिहिबार बलियो प्रतिश्पर्धी सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरलाई ६७ रनमा समेट्ने क्रममा पवन सरार्फले सर्वाधिक ६ विकेट लिएका थिए । ६८ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको नेपालले १३ ओभर ४ बल खेल्दै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपाललाई जिताउन सन्दिप सुनारले २०, अनिल कुमार साहले १८ तथा महमद आशिफ शेखले ६ रनको योगदान दिए । सुमित महर्जन १० र सन्दिप जोरा ७ नटआउट रहे।

सिंगापुरलागी सिद्धान्त र आर्यमान सुनिलले समान २० रन बनाएका थिए र त्यसबाहेक अरुले राम्रो खेल्न सकेनन्। सेमिफाइनलमा प्रवेश गरि सकेको सिंगापुर नेपाली टोलीको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो। समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले, त्यस्तै दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो । सबै तीन खेल जीतेको नेपाल ६ अंक जोड्दै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ।

फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

Advertisement

Advertisement

Advertisement