काठमाडौंः नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा हङकङलाई हराउदै च्याम्पियन बनेको छ। मलेसियाको किन्नारा ओभलमा आज भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले उपाधि कब्जा गरेको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई निर्धारित ५० ओभरको खेलमा ३२.१ ओभरमा ७६ रन मै समेट्न सफल भएको थियो । ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा ५ विकेट गुमाउदै जित हासिल गर्यो ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र सोहेब आलमले ३/३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १/१ विकेट लिए। मित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्स्म्यानलाई रनआउट गरे।
यो जीतसँगै नेपालको एसिसी यू–१९ मा पाँचौ जीत हो । एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको थियो ।