काठमाडौंः एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफ को ताजिकिस्तानविरुद्ध हुने चौथो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको नाम सार्वजनिक भएको छ ।
नेपाली टोलीले असोज २४ गते ताजिकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यसअघि ताजिकिस्तान विरुद्धको खेलमा खेल्ने दुई खेलाडी परिवर्तन भएका छन् । जसमा गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलेन न्यौपाने र सुमन लामाको ठाउँमा राजेन्द्र रावल छन् ।
कप्तान अनिल गुरुङ चोटका कारण प्रशिक्षणमा सहभागी नभएपछि उनको अनुपस्थितिमा विराज महर्जनले कप्तानी सम्हाल्नेछन् । गत महिना भएको खेलमा ताजिकिस्तान २(१ ले विजयी भएको थियो । नेपालको लागि एकमात्र गोल विमल घर्ती मगरले गरेका थिए ।
टोलीको नाम
गोलकिपरः
१) किरण चेम्जोङ
२) एलन न्यौपाने
३) विकेश कुथु
डिफेन्डरः
४) बिराज महर्जन
५) देवेन्द्र तामाङ
६) अनन्त तामाङ
७) दिनेश राजवंशी
८) जितेन्द्र कार्की
९) आदित्य चौधरी
१०) कमल श्रेष्ठ
११) राजेन्द्र रावल
मिडफिल्डरः
१२) सुनिल बल
१३) रोहित चन्द
१४) हेमन गुरुङ
१५) विक्रम लामा
१६) सुजल श्रेष्ठ
१७) विशाल राइ
१८) हेमन्त थापा मगर
फरवार्डः
१९) अन्जन बिष्ट
२०) विमल घर्ति मगर
२१) भरत खवास
२२) नवयुग श्रेष्ठ
२३) जर्ज प्रिन्स कार्की