काठमाडौँ । शुक्रबार रातीबाट सुरुभएको भएको युरोकप फुटबल २०१६ को उद्घाटन खेलमा रोमानियालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ।
पहिलो हाफ गोलररहित बराबरीमा सकिएको थियो। फ्रान्सले खेलको ५७ औं मिनेटमा ओलिभर जिराउडको गोलबाट अग्रता लिएको थियो।
तर खेलको ६५ औँ मिनेटमा फ्रान्सका प्याट्रिक इभ्राले निकोल स्टान्सुलाई पेनाल्टी एरियाभित्र लडाएपछि रोमानियाले पेनाल्टी पायो। र त्यसमा रोमानियाका बोगदन स्टान्सुले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।
निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ८९ औं मिनेटमा फ्रान्सका लागि दिमित्री पेएटले गोल गर्दै २–१ को जित दिलाए।